भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रस्थान

शनिबार, कार्तिक १८, २०८०
0
111
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।

धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

भूकम्पमा परी दुई जिल्लामा ११८ जना बढीको मृत्यु भइसकेको छ । जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल सम्म १४० जना घाइतेहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here