जंगलका राजा राउटेका महामुखिया शाहीको निधन

सोमवार, कार्तिक २०, २०८०
0
146

दैलेख । पूर्व राउटे मुखिया महिनबहादुर शाहीको ६६ वर्षको उमेरमा २०८०/७/१९ गते निधन भएको छ । उनका १८ सन्तानमध्ये सबैको निधन भइसकेको छ। उनका श्रीमती र दुई बुहारी छन्।

शाहीको निधनपछि अब राउटेको संख्या १ सय ४१ छ। राउटेहरु दैलेखको भैरवी गाउँपालिका छामखोलामा बस्दै आएका छन्।
राउटे समुदायमा कसैको मृत्यु भएमा उक्त ठाउँ अशुभ भएको मानि त्यहाँबाट तत्कालै बस्ती सार्ने गर्दछन् ।

स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ देखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुर शाहीलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो ।

२०७१ मा ऐनबहादुर शाही डुंगेश्वरमा भीरबाट खसेर ज्यान गएपछि अहिले सूर्यनारायण शाहीले मुखियाको जिम्मेवारी लिइरहेका छन् ।

बस्ती सार्ने, चाडपर्व मान्ने, सिकार गर्ने, बस्ती छोडेर कहिँकतै जान पर्दा मुखियाको अनुमति चाहिन्छ । खेतीपाती गर्ने, बस्ती बस्ने, पैंसा चलाउन, पढ्ने लेख्ने काम गर्नुहुँदैन भन्ने पुरातन मान्यता भएका राउटे समुदायले चोट पटक लाग्दा औषधि गर्ने गरेका, किनेर खान सजिलोको लागि भनेर सामाजिक सुरक्षा भत्ता लिन स्वीकार गरे पनि बस्ती बस्न र खेतीपाती गर्न इन्कार गरेका छन् ।

गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायका त्यसबेला गुराँस गाउँपालिका–८ पातलेखोला बस्तीमै पुगेर एक सय ४९ जना सबैका फोटो सहितको परिचयपत्र दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here