बाह्रमुलेमा एकादशी मेला लाग्ने

सोमवार, मंसिर ४, २०८०
0
157

गोरखा । गोरखाको स्वाराँमा चौथो बाह्रमुले मेला २०८० हुने भएको छ । ‘अग्रजको बिश्वासलाई सम्मान, कला संस्कृति जोगाउँदै पर्यटन प्रबर्दन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यहि मंसिर ६ गते मेलाको आयोजना गरिएको हो ।

आयोजक बाह्रमुले यूवा क्लबका अध्यक्ष रिजन बिश्वकर्माले दिएको जानकारी अनुसार हरेक बर्ष हरिबोधनी एकादशीको अबसरमा परापुर्ब कालदेखी नै बाह्रमुले मन्दिर परिषरमा मेलाको आयोजना हुदै आएको छ ।

बारपाक सुलिकोट गाउँपालिका–३ को स्वाराँ चित्रेमा हुने मेलामा बाह्रमुले देबीसँग भाकल गर्ने, फुलको डोली तान्ने, तोरण बान्ने, राती जागाराम बस्ने, बत्ती बाल्ने, पशुपंक्षीको बली दिने तथा पुजा गर्ने लगायतको प्रचलन रहेको छ ।

बालबच्चा नभएकाहरुले भाकल गरेको खण्डमा बालबच्चम हुने जनविश्वासका साथ मन्दिरमा पशु बलि चढाउने प्रचन रहदै आएको छ । मेलामा छिमेकी चितवन, लमजुङ र तनहुँदेखीका भक्त जनाहरु बलि चढाउन र मेला भर्न आउने गर्दछन् ।

मेला भर्न आउने ‘आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँका मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गराउदै पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्न सकिए त्यस क्षेत्रको पर्यटन बिकासमा टेवा पुग्ने पनि स्थानियले विश्वास ब्यत्त गरेका छन् ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकरहरुको प्रस्तुती रहेको पनि आयोजक संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here