बहु विवाह गर्ने दुइ जना पक्राउ

बुधबार, मंसिर ६, २०८०
0
110

गोरखा । बहुविबाहको आरोपमा गोरखा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । पालुङटार नगरपनालिका वडा नं ९ पिपलटारी घरभएका बर्ष ३३ को मनोज गुरुङले घरमा बिवाहित श्रीमती हुँदा हुँदै जिल्ला कास्की पोखरा महानगरपालिका–३१ बस्ने बर्ष २८ की मन कुमारी लामासँग विवाह गरेको जाहेरीका आधारमा उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गुरुङका श्रीमती ३२ की संगिता गुरुङले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए।

उनिहरु विरुद्ध बहुबिवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here