हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरी महिला र शिशुको अवस्थाबारे जानकारी लिन मन्त्री पुगिन अस्पतालमा

शुक्रबार, फाल्गुन ४, २०८०
0
131

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुसिला सिँखडा हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल ल्याएकी महिलाको अवस्था बुझ्न गण्डकी अस्पताल पुगेकी छन् ।

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ४ वगरकी ३८ वर्षिय तुलसा घर्ती बुढाथोकी हिजो देखि सुत्केरी व्यथाले च्याप्दा सुत्केरी हुन नसकेपनि आज विहान हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

गण्डकी अस्पताल ल्याए लगतै उनलाई भ्याकुम प्रविधिको प्रयोग गरी शिशुको जन्म गराइएको थियो । हाल आमा र शिशुको अवस्था सामान्य अवस्थामा रहेको उपचारमा सँलग्न डाक्टर पुनम पाठकले जानकारी दिइन ।

गण्डकी प्रदेश स्थापना दिवसको कार्यक्रम चलिरहँदा बुढाथोकी सन्तान जन्माएको खबर प्राप्त भएको थियो । त्यसलगतै गण्डकी विश्व विद्यालयको कार्यक्रम सकेर मन्त्री सिँखडा अस्पतालमा पुगेर आमा र शिशुको अवस्थाको बारेमा जानकारी लिँदै अफ्ठेरो पर्दा  आफूलाइ सम्पर्क गर्न विरामीका आफन्तलाइ सुझाव दिएकी छन् ।

मन्त्री सिँखडाले जटिल अवस्थामा अस्पताल आएकी गर्भवती महिलाकाे उपचारमा सलग्न चिकित्सक टाेलीलाइ धन्यवाद दिएकी छन् । यस्ता जटील अवस्थामा मानिसहरुकाे ज्यान जाेगाउन सक्नु ठुलाे काम भएकाे उनकाे भनाइ थियाे ।

मन्त्री सिँखडाले शिशु र आमाको अवस्था ठिक नहुँदा सम्म अस्पतालमा राखेर उपचार गर्न निर्देशन समेत दिएकी छन् । उनले बच्चाको तौल, घरमा भएका अन्य सन्तानको अवस्था र पारिवारीक अवस्थाबारे जानकारी लिएकी छन् । बच्चाकाे ताैल ३.५ किलाेग्राम रहेकाे डाक्टरले जानकारी दिएका छन् ।

प्रेसरका कारण केही दिन अघि मात्रै श्रीमान लिल बहादुर बुढाथोकीको मृत्यु भएको उनका नन्दभाइ टिका घर्ती मगरले बताए । तुलसाले आज नावालाक छोरालाई जन्म दिएकी हुन् । यस अघि उनका दुइ छोरीहरु रहेको तुलसाले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here