प्रधानमन्त्रीसँग गाेरखा नगरपालिकाले माग्याे तीन अर्व ६० कराेड रुपैयाँ

बुधबार, चैत्र १४, २०८०

अभिषेक तामाङ

काठमाण्डाै  १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री कार्यालयमा आज गाेरखा नगरपालिका मेयर उपमेयर सहितकाे कार्यपालिका टाेलिले भेट गरेकाे छ ।

गाेरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष निर्वाचित साँसद समेत रहेका प्रचण्डका सामु विभिन्न २० वटा याेजनाका लागि तीन अर्व ६० कराेड रुपैयाँ बजेट माग गरेका छन् ।

आहाले आमडाँडा हुँदै लुदिखाेला जाने सडक कालाेपत्रेका ५ कराेड, गाेरखा नगरपालिका गेटबाट क्लव भवन हुँदै १३ किलाे जाने सडक कालाेपत्रे ७ कराेड, चुच्चेढुँगा गाेरखा क्याम्पस छेपेटार सडक कालाेपत्रे १५ कराेड, गाेरखकाली रबर उद्याेग यान्काेट हुँदै गाेप्लिङ जाने मर्स्याङ्दी करिडाेर कालाेपत्रे २० कराेड, गरापानी पुतली बगैँचा सडक कालाेपत्रे ५ कराेड, विष्णु पहरा समीडाँडा हुँदै काेखे आहाले जाने सडक स्तराेन्नती ५ कराेड माग गरिएकाे छ ।

अजिँगारेबाट पाटाचाेक सिमला थुम्की हुँदै भ्यागुते एक्ले चाैतारा जाने सडक कालाेपत्रे १० कराेड, देउरालीबाट घलाङ्ग हुँदै वेनिखाेला सडक कालाेपत्रे १० कराेड, पैरेनी खाेला बर भञ्जयाङ सडक कालाेपत्रे १० कराेड, काेखे आहालेबाट निवेल जाने सडक कालाेपत्रे १० कराेड, नयाँबजार गाेरखा क्याम्पस हुँदै छेपेटार जाने सडक कालाेपत्रे २० कराेड, पालुङटार नगरपालिका १० विर्दीबाट गाेरखा नगरपालिका १२  दशकिमी हुँदै शहिदलखन मनकामना जाने सडक कालेपत्रे २० कराेड, विरेनचाेक बर्थाेक बडहरे हुँदै स्याउली जाने सडक स्तराेन्नती ८ कराेड, गाेरखा क्याम्पस नाङ्लेपानी जाेगीआहाल हुँदै डेरागाउँ सडक कालाेपत्रे १५ कराेड रुपैयाँ माग गरिएकाे छ ।

यसैगरी  विषेश महत्वका याेजनाका नाममा एकीकरण देखि शान्ति प्रक्रिया सम्म जाेड्ने खालकाे एेतिहासिक सँग्रहालय सहितकाे पार्क निर्माणका लागि २० कराेड, छेपेटार बहुउद्देश्यिय ताल निर्माण ५० कराेड, बसपार्कदेखि खाेलाखाेले सम्म आधुनिक फुटपाथ निर्माण २० कराेड, वेनिखाेला मत्स्य पर्यटन केन्द्र निर्माण १० कराेड, ठूलाे आँगन क्षेत्रमा एेतिहासिक सम्पदा वस्ती निर्माण ५० कराेड,शिखरवेशी ताल निर्माण ५० कराेड रकम माग गरिएकाे छ ।

विषेश याेजना अन्तर्गत दुइ अर्व र याेजना माग बारे एक अर्व ६० कराेड रुपैयाँ माग गरिएकाे गाेरखा नगरपालिका मेयर कृष्ण राना मगरले बताए । बजेट निर्माणकाे क्रममा सँघ सरकार रहेकाले आगामी आर्थिक वर्ष उक्त रकम प्राप्त हुने आशा गरिएकाे उनकाे भनाइ छ ।

अवलाेकन भ्रमणकाे क्रममा गाेरखा नगरपालिका कार्यपालिका सहितकाे टाेली काठमाण्डाै पुगेकाे बेला याेजनाहरु माग गरिएकाे उनले बताए । प्रधानमन्त्रीले सकरात्मक जवाफ दिनुभएकाेले गाेरखाकाे विकासमा सहयाेग पुग्ने उनकाे भनाइ छ ।

प्रधानमन्त्री भेट्ने क्रममा गाेरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगर, उपमेयर मसलीमाया थाेकर, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदी नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् गाेरखा जिल्ला इञ्चार्ज अमर तमु समेत सहभागि रहेका थिए ।