गोरखा अस्पतालमा दूरबिनको माध्यमबाट पाठेघरकाे अप्रेसन 

बिहिबार, बैशाख १३, २०८१

गाेरखा । गाेरखा अस्पतालमा दूरविनकाे प्रयाेग गरी पाठेघरकाे अप्रेशन गरिएकाे छ । भीमसेन थापा गाउँपालिका १ निवासी ३८ वर्षीय महिला करिब एक वर्षदेखि तल्लो पेटमा निरन्तर बढिरहेको मासु भनी उपचार गर्न गोरखा अस्पताल आई भिडियो एक्सरे गर्दा पाठेघरमा ट्युमर (Fibroid) देखिएकाे थियाे ।

करिब १० सेन्टिमिटर ठूलो  ट्युमरकाे   विशेषज्ञ चिकित्सकहरुको सल्लाह अनुसार पाठेघरको शल्यक्रिया अवस्था थियाे । ल्याप्रोस्कोपिक सर्जरी अर्थात् दूरबिनको माध्यमबाट पाठेघर र ट्युमर दुवै निकाली सफल भएकाे छ ।

ट्युमरको तौल करिब एक किलोको थियो। शल्यक्रियामा संलग्न डाक्टरहरू ल्याप्रोस्कोपिक स्त्री रोग विशेषज्ञ डा. राजन महत, डा. विश्वराज खड्का को टिम र एनेस्थेसियालोजिस्ट डा. शम्भु अधिकारीको टिमले सम्पन्न गरेका हुन् ।  शल्यक्रिया पश्चात् बिरामीको अवस्था अहिले सामान्य रहेको गाेरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा‍. सिद्धार्थ खनालले जानकारी दिए ।