गोरखा अस्पतालमा मलद्वार भित्रको बोतल अप्रेसनबाट निकालियाे

आइतवार, बैशाख ९, २०८१
0
465

अभिषेक तामाङ

गाेरखा । गोर्खा नगरपालिका–३,नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा विगत १ महिना देखि अड्केको किटनाशक औषधीको बोतल आज गाेरखा अस्पतालमा अप्रेशन गरेर निकालिएकाे छ ।

बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएर यसकाे संक्रमण शरीरमा फैलिएको अवस्थामा आज बिहान १० बजे अस्पतालको इमर्जेन्सीमा आएका थिए।

एक्सरे गर्दा मलद्वारमा बोतल देखिएपछि तुरुन्तै अप्रेशन कक्षमा लागि दुरबिनबाट आन्द्राको अन्य भागमा संक्रमण नफैलिएको पत्ता लागेपछि अस्पतालका सर्जनद्वय डा. जितेन्द्र सिंह र डा. बिश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डा.शम्भु अधिकारी लगायतको टिमले करिब ३ घन्टाको शल्यक्रिया पछि बिरामिको मलद्वारबाट १०×७.५ cm को डब्बा निकालेका छन् ।

भिडियाे एक्सेबाट देखिएकाे आन्द्रा भित्रकाे बाेतल । तस्वीर गाेरखा अस्पताल

जटिल अवस्थामा पुगेपछि अस्पताल आएका उनी शल्यक्रिया पश्चात् हाेसमा आएका छन् । अहिले बिरामिलाइ ICU कक्षमा राखेर  उपचार भैरहेको अस्पतालका नि. मेडिकल सुपरिटेन्डेन्ट डा.सिद्दार्थ खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here