जिल्लाका एक लाख नगारिकहरुलाई ट्राफिक सचेतना दिइने

मङ्लबार, बैशाख २५, २०८१
0
146

अभिषेक तामाङ

गोरखा २५ बैशाख । गोरखामा आजदेखि प्रदेश स्तरीय ‘ट्राफिक प्रहरी सप्ताह २०८१’ सुरु भएका छ । सप्ताहको पहिलो दिन झाँकी सहित कोण सभामा परिणत भएको छ ।

जिल्ला समन्वय समितिमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका गोरखा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापामगरले सदरमुकाममा रहेको शक्ति माविका छात्रालाई हेलमेट लगाइ दिएर कार्यक्रमको उद्घाटन गरेका छन् ।

बैशाख ३१ गते सम्म चल्ने सप्ताहमा जिल्लाका एक लाख नागरिकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना दिइने ट्राफिक प्रहरी दुर्गा बञ्जाडेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गोरखाको संयुक्त आयोजनामा भएको साता ब्यापि कार्यक्रमको पहिलो दिन गोरखा नगरपालिका-६ को बिपी चोकदेखी सुरु भएको झाँकीले पुरानो बसपार्क, बैंक रोड, शक्तिचोक, कालिमाटी बजार हुदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कोण सभामा परिणत भएको थियो ।

झाँकीमा विभिन्न महिला समूहका साथै जिल्लामा क्रियाशिल संघ संस्था तथा यातायात सँग सम्वन्धित संस्थाले समेत सहभागिता जनाएको थियो । झाँकीमा सँस्थागत र सामुदायिक विद्यालयका बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here