गाेरखा । शहिदलखन गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सम्पन्न गरेकाे छ । गाउँपालिकाले शिक्षामा गरेकाे लगानीकाे अवस्था र यसले विद्यार्थीमा पारेकाे प्रभाव बारे जानकारी लिन र आगामि वर्ष के कस्ता शैक्षिक याेजना निर्माण गर्न सकिन्छ भनेर गएकाे वर्षदेखि नै विद्यार्थीसँग अध्यक्ष कार्यक्रम आयाेजना गरिएकाे शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।
साविक उमाविबाट ६ जना, माविबाट ५ जना र निमाविबाट ३ जनाका दरले विद्यालय पठाएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट, विपन्न र जेहन्दार विद्यार्थीहरु ७५ जना सहभागी रहेका थिए ।

उनीहरुलाइ गाउँपालिका अध्यक्ष रमेश बाबु थापा लगायतले गाउँपालिकाकाे लाेगाे सहितकाे झाेलासँगै स्टेशनरी सामग्रीहरु प्रदान गरेका थिए । कार्यक्रममा सहभागिहरुले यस्ता कार्यक्रम निरन्तर राखिदिन अनुराेध गरेका थिए ।






