राजेन्द्र न्यौपाने
गोरखा, १६ जेठ । गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु सिरानचोक गाउँपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु सिरानचोक गाउँपालिकाको शून्य दशमलव ३४ प्रतिशत रहेको छ ।
धेरै बेरुजु गोरखा नगरपालिकामा भएको पाइएको छ । आर्थिक वर्ष ०७९/८० को लेखापरीक्षण प्रतिवेदन अनुसार गोरखा नगरपालिकाको सबैभन्दा बढी बेरुजु १ दशमल ५७ प्रतिशत रहेको विवरण सार्वजनिक भएको हो ।
अजिरकोट गाउँपालिकाको बेरुजु ० दशमलव ५४ प्रतिशत रहेको छ । शहदिलखनको ० दशमलव ४० प्रतिशत रहेको छ ।
पालुङटारको १ दशमलव ०९ प्रतिशत बेरुजु देखिएको छ । भीमसेनको १ दशमलव २२ प्रतिशत बेरुजु रहेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका बेरुजु ० दशमलव ५३ प्रतिशत रहेको छ भने धार्चेको ० दशमलव ७९ प्रतिशत छ ।
जिल्लाको पुरानो बजार भनेर चिनिने आरघाट गाउँपालिकाको बेरुजु ० दशमलव ६४ प्रतिशत रहेको छ ।
गण्डकी गाउँपालिकाको बेरुजु १ दशमलव ०२ प्रतिशत रहेको छ भने बारपाक सुलिकोट गाउँपालिकाको ० दशमलव ६८ प्रतिशत रहेको छ ।
आर्थिक बर्ष २०७७/७८ मा जिल्लाका स्थानीय तहरुको कूल बेरुजु रकम ५९ करोड ८५ लाख ६७ हजार रहेको थियो ।
आर्थिक बर्ष २०७८/७९ को ६० औँ वार्षिक प्रतिवेदनका तुलनामा आर्थिक बर्ष २०७९/८० को ६१ औँ वार्षिक प्रतिवेदनका अनुसार गोरखाका स्थानीय तहरुले वेरुजु रकम घटाएका छन् ।






