गाेरखा । जिल्लाकाे गोरखा नगरपालिकाले आर्थिक वर्ष ०८१।०८२ काे नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनकाे सुरुवात गरेकाे छ । केही सूझावहरु निम्न लिखित रहेका छन् ।
-समाजवादका आधारहरू केके हुन:~
-औधोगिक बिकासमा जोड गर्ने
-आत्मनिर्भर अर्थतन्त्रमा जोड गर्ने
-जनजिबिकाको सवाललाई जोड गर्ने
१-दुई बिकास-मानब संशोधन बिकास (जनचेतना र सेवामूलक) र भौतिक बिकास(पूराबाधार निर्माण
२-सुसासन,सामाजिय न्याय-जनसेवा,भ्रष्ट्रचार-कमिशन बिरूद्द संघर्ष गर्दै बिकासमा जोड गर्ने
३-नपामा संबिधान,प्रदेस ऐन,स्थानिय पालिका संचालन ऐन कार्यान्वयन तथा पालिकाको ऐन,नियमावली ,निर्देशिका-कार्यबिधि र मापदण्ड निर्माण एवम् आबश्यक परिमार्जन गर्ने निति लिईनेछ ।
४-कुनै पनि छेवर,ब्रतबन्ध तथा विवाह समारोह लगायत खुशियाली कार्यक्रममा जादा ब्यक्तिगत रूपमा रू ५०० भन्दा बढी दिन लिन नपाईने निति लिईनेछ ।
५-गम्भिर प्रकृतिको बिरामी तथा मृत्यु संस्कारमा भेटघाटमा जादा ब्यक्तिगत रूपमा रू ५००-१००० सम्म दिनुपर्ने निति लिईनेछ ।
६-एक वडा एक सडक पीच ,एक वडा एक ग्रावेल सडक ,एक टोल एक कच्ची सडक, तथा कृषि ऊत्पादन केन्द्रहरूमा स्तरयुक्त सडक निर्माणको निति लिईनेछ ।
७-आवस्यक्तानुसार भवन निर्माण गर्ने तथा अधुरो प्रकृतिका सामुदायिक भवनहरूलाई सम्पन्न गर्ने निति लिईनेछ ।
८-मृत्यु अन्तिम दाहासंस्कार गर्ने स्थानमा शवदाहागृह निर्माण गर्ने निति लिईनेछ ।
९-मजदुर तथा किसानहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्द गर्ने निति लिईनेछ ।
१०-कृषिमा आधारित ऊत्पादन केन्द्रित लघु ऊधोग निर्माण गर्ने
११-कृषि ऊत्पादनको केन्द्रिकरण,प्रशोधन,प्याकेजिड.र बजारिकरण(कृषि हाट बजार)मा जोड गर्ने निति
१२-कृषि अनुदान ऊत्पादनको आधारमा प्रदान गर्ने
१३-कृषकको बर्गिकरण गर्ने , गरिब बिपन्न घर पहिचान गरी सुबिधा प्रदान गर्ने निति
१४.श्रम सहकारी निर्माण गरी-बेरोजगारको डाटा सहित – श्रम तथा रोजगारमा ध्यान दिने-दक्ष,अर्ध दक्ष,अदक्षको आधार
१५-प्राकृतिक स्रोत साधनको पहिचान ऊत्खनन् र परिचालन गर्ने र कर राजस्वको दायरा वृद्दी गर्ने ।
१६-संघ,प्रदेस,स्थानिय र अन्य क्षेत्रका योजनाहरूको ब्यबस्थित संचालन गर्ने
१७-राजतन्त्रदेखि गणतन्त्रसम्मको ईतिहास झल्कने गणत्नत्र स्मारक निर्माण गर्ने निति
१८-नगरको जनतालाई केन्द्रीत गरी सर्बसुलभ भाडामा नगर यातायात संचालन गर्ने निति
१९-संविधान भाग -३ अनुसार व्रदत्त मौलिक हक अधिकार कार्यानवयन गर्ने निति
२०-कर्मचारीलाई कामको आधारमा दण्ड र पुरस्कारको ब्यबस्था गर्ने निति लिईनेछ ।
२१-स्वास्थ्य-स्वास्थ्यमा गरिने खर्च खर्च होईन लगानी हो ।१०% खर्च राख्न जरूरी हुन्छ ।ऊपचार नपाय गोरखा जानु भन्ने निति बनाऔं ।पूर्ण स्वास्थ्य बीमा निशुल्क बनाऔं (बृद्दाश्रम,मानवश्रम…)।आधारभूत स्वास्थ्य निशुल्क भएको सह्राहनिय छ गोनपामा ।
२२-पूर्बाधार-
-प्रशासनिक भवन,
-वार्ड कार्यालय(६,८,१०,१३ र १४),
-स्वास्थ्य चौकि र ईकाई कार्यालय,
-बिद्यालय भवन निर्माण र संरक्षण
-प्राबिधिक शिक्षालय,
-बिधुत आपूर्ति(खानेपानी,स्वास्थ्य,ऊद्धोग),
-पर्यटन पूर्बाधार,
-खेल मैदान निर्माण,
-आबस्यक्ता अनुसार सामुदायिक भबन निर्माण,
-सिंचाई,
-एक घर एक धारा खानेपानी निर्माण गर्ने,
-सडक-एक पालिका एक पिच र एक वडा एक सडक ग्रावेल गर्ने निति कार्यक्रम बनाऊने ।
२३-नारा-चुस्त प्रशासन,मितब्ययी खर्च प्रणाली,शिघ्र जनसेवा,ठोस र गुणात्मक बिकास,स्वस्थ र दक्ष मानवस्रोत,आर्थिक सम्पन्न र सभ्य समाज निर्माण गर्ने !






