गाेरखा । बिहान ७:१५ को समयमा इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङ र मोवाखोला बिच सडकमा नेपालगन्जबाट काठमाडौ तर्फ आउदै गरेको भे १ ख ४०६२ न. को रात्री बस र काठमाडौबाट मुग्लिङ तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ०२९ च ३७२० न. को कारले ओभरटेक गर्ने क्रम मा बिपरित दिशा बाट आउदै गरेको बस सङ्ग ठाेक्किएर दुर्घटना हुदा बस त्रिशुली नदिमा खसेको छ ।
साथै, कारको चालक गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकाे छ । बसमा सवार केही यात्रुहरु सामान्य घाइते भएका छन् । बस त्रिशुली नदि किनारमा पुगेकाे छ ।







