धार्चे गाउँपालिकाकाे वित्तिय प्रगति ७५.९२ प्रतिशत

बिहिबार, असार २८, २०८१
0
126
धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राक गाउँकाे पुरानाे तस्वीर ।

गाेरखा, २७ असार । आर्थिक वर्ष २०८०।८१ मा धार्चे गाउँपालिकाको वित्तीय प्रगति ७५.९२ प्रतिशत रहेको छ ।
पालिकाको १६ औँ गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले उक्त विवरण सार्वजनिक गरेका हुन् ।

पालिकाले कुल बजेट (५१ करोड ९२ लाख ९४ हजार) को ७५.९२ प्रतिशत अर्थात ३९ करोड ४९ लाख ५७ हजार खर्च भएको उल्लेख छ । चालु (प्रशासनिक) खर्चका लागि पालिकाले कुल बजेको ५८.८८ प्रतिशत अर्थात ३० करोड ५७ लाख ९० हजार रकम बिनियोजन गरेको थियो ।

जसमध्ये ८१.६९ प्रतिशत (२४ करोड ९८ लाख १२ हजार) रकम खर्च भएको पालिकाले जनाएको छ ।  पालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि पूँजीगत (बिकास निर्माण) तर्फ कुल बजेटको ४१.१२ प्रतिशत अर्थात २१ करोड ३५ लाख रकम बिनियोजन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here