नारायणी नदिमा हराइरहेकाे बस र यात्रुहरु खाेज्न वाटर ड्राेनकाे प्रयाेग

शनिबार, असार ३०, २०८१
0
140

असार २९, असार । गते त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ ।

र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका-२९ सिमलताल असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here