पार्टीका नेताकाे सम्पती सार्वजनिक गर्नुपर्ने प्रस्तावले गाेरखा माओवादीमा तरङ्ग

आइतवार, साउन २७, २०८१
0
167

गाेरखा ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा शर्माले यस्तो लिखित प्रस्ताव अघि सारेका हुन् ।

शर्माले लिखित प्रस्ताव पेश गरेपछि गाेरखा मा‌ओवादीमा यसकाे तरङ्ग उत्पन्न भएकाे छ । विभिन्न चरणमा सुविधा लिएका गाेरखाका माओवादी नेताहरु जिल्लामा देखिदा सामान्य जस्ताे देखिने र बाहिर विभिन्न पेशा व्यावसाय सँलग्न भइ आदर्शका भाषण गर्दै आएका थिए ।

अघाेषित रुपमा सम्पती आर्जन गरेका सँविधानसभाका पूर्व सदस्यहरु, प्रदेश  तथा केन्द्रमा साँसद रहेका माओवादी नेताहरू तरङ्गित भएका हुन् । उनीहरु मध्ये कतिपयले आफ्ना सन्तानकाे नाममा सम्पती थुपारेका माओवादीका एक प्रदेश सदस्यले बताए । पार्टीमा सम्पती देखाउन पर्ने भएपछि अधिकाँशले गुट समेत परिवर्तन गर्दा गाेरखामा प्रचण्ड पक्षधर नेताहरु अल्पमतमा समेत परेका ति सदस्यले बताए ।

बाहिर अत्यन्तै शालिन देखिने उनीहरुकाे आम्दानीका विभिन्न स्राेतहरु सार्वजनिक गर्न नेता जनार्दनले पार्टी बैठकमा माग गरेका छन् ।

जनताका आधारभूत आवश्यकता परिपूर्तीमा भन्दा पनि आदर्शका भाषणमा केन्द्रीत रहँदै आएका गाेरखा माओवादीका केही नेताहरुकाे सम्पती छानविन हुनैपर्ने माग जिल्लामा यस अघि नै उठ्दै आएकाे थियाे ।

नेता सत्तामा पुगेपछि माओवादी पार्टी योजनाविहीन र सङ्गठनविहीन बन्न पुगेकाे र हाल गाेरखा जिल्लाकाे सङ्गठनकाे जनाधार समेत कमजाेर रहेकाे ती नेताले बताए ।

उपभाेक्ता सहकारी, औषधी सहकारी, विभिन्र ठेक्कापट्टा मिलाइदिए वापतकाे रकम लगातयका विभिन्न शिर्षकका रकमहरु हिनामिना गर्दै पार्टीलाई नै वदनाम गराउन लागि पर्ने नेताहरुकाे सम्पती जफतसँगै कारवाही गर्नुपर्ने माग जिल्लामा उठेकाे ती नेताले बताए । कमजाेरी उजागर गरे पार्टी छाड्ने धम्की दिएकाले माओवादी कार्यकर्ताहरुले भ्रष्ट नेताकाे बचाउ गर्दै आएका थिए । जनार्दन बाेलेपछि उनीहरुले मुख खाेल्न थालेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here