भिमसेन थापा गाउँपालिकामा लाल युवाहरु सँगठित

आइतवार, भदौ २, २०८१
0
172

गाेरखा । भिमसेन थापा गाउँपालिकामा लाल युवाहरु सँगठित भएका छन् । जिल्लामा विद्यार्थी नेताहरुकाे खडेरी परिरहेका समयमा भिमसेन थापा गाउँपालिकामा अखिल  क्रान्तिकारीले लाल युवाहरु सँगठित गरेकाे  विद्यार्थी नेता अनिस अर्यालले बताए ।

अखिल क्रान्तिकारी  भिमसेनथापा गाउपालिकाको दोस्रो सम्मेलन सचिन खनाल को अध्यक्षता मा ४५  सदस्यीय समिति समेत गठन गरेकाे हाे ।

जसकाे सचिवालयमा १७ जना रहेका छन् । उपाध्यक्षमा अनुप सिँखडा, सचिव एलिसा ढकाल, सह सचिव, शर्मिला पन्त, काेषाध्यक्ष, अस्मिता नेपाली लगायतका रहेका छन । विद्यार्थी स्वम् सेवक सँयाेजकमा सविन पन्त रहेका छन् । सह सँयाेजक सँगम श्रेष्ठ, प्रिन्स लामिछाने, रविन भन्तना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here