द्रव्यशाह क्याम्पसमा विद्यालय स्तरीय तिज गित प्रतियाेगिता सम्पन्न

बुधबार, भदौ १९, २०८१
0
227

अभिषेक तामाङ । द्रव्यशाह बहुमुखी क्याम्पस गाेरखामा विद्यालय स्तरीय तिज गीत प्रतियाेगिता सम्पन्न भएकाे छ । स्वतन्त्र विद्यार्थी युनियन द्रव्य शाह क्याम्पसकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे गाेरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले उद्द्घाटन गर्नु भएकाे थियाे ।

प्रतियाेगितामा १८ विद्यालयले भाग लिएकाे थियाे ।  प्रतियाेगितामा वल्ड क्यापिटल वाेर्डिङ स्कुल प्रथम, महालक्ष्मी मावि लक्ष्मीबजार द्धितिय, माेर्डन सेकेण्डरी तृतीय, रत्न लक्ष्मी डुम्री डाँडा र शक्ति मावि पाटेचाैरी सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

नेपाली सँस्कृति जगेर्ना गर्ने उदेश्यले प्रतियाेगिताकाे अायाेजना गरिएकाे स्वतन्त्र विद्यार्थी युनियनका सभापति शाैनक घिमिरेले बताउनुभयाे ।

कार्यक्रममा गाेरखा नगरपालिका मेयर कृष्ण बहादुर राना, उपमेयर मसलीमाया थाेकर, क्याम्पस प्रमुख एकदेव अधिकारी, क्याम्पस सञ्चालक समिति अध्यक्ष शितलकाजी मास्के, कर्मचारी सँघका अध्यक्ष सुजन कुँवर, प्राध्यापक सँघका अध्यक्ष कुशललाल श्रेष्ठले  स्वागत मन्तव्य राख्दै सँस्कृतिकाे सँरक्षणमा युवापुस्ता लाग्नु पर्ने बताएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here