२९ भदौ, गोरखा । गोरखा सदरमुकामको ठिगुरेश्वारामा साँझपख टिप्पर र मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईलमा सवार नेपाली सेनाका २५ वर्षका सुरेन्द्र राईको उपचारको क्रममा गोरखा अस्पतालमा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामको देउमाई गाउँपालिका २ घर भई गोरखास्थित रिपुमर्दन गणमा कार्यरत राईको मृत्यू भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट गोरखा आउँदै गरेको बा. ७० प २८७१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका थिए ।
अर्का घाइते २४ वर्षीय जनमको उपचारका लागि काठमाडौँ लगिएको श्रेष्ठले जानकारी दिनुभयो । ट्रिपर चालक अजिरकोट गाउँपालिकाका ३३ वर्षीय चन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।






