गण्डकीमा , गाउँपालिकाको गुनासो सुनुवाइका लागि टोल फ्रि नम्बर

बिहिबार, कार्तिक १, २०८१
0
165

१ कार्तिक, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले गाउँपालिका भित्र भएका कामहरु, सेवा प्रवाह, सामाजिक कुरिति, महिला, बालबालिका तथा वृद्धवृद्धाहरुमा हुने विभिन्न प्रकारका भेदभाव सम्बन्धि गुनासो सुनुवाइका लागि टोल फ्रि नम्बर प्रयोग ल्याएको छ ।
गोरखाको भूम्लिचोकमा रहेको गण्डकी पाउँपालिकाले नेपाल टेलिकमका प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्ने गरी टोल फ्रि नम्बर प्रयोगमा ल्याएको हो ।

१८१० — ५० — ०००७६ मा फोन गर्दा पैसा नलाग्ने र फोनबाट टिपाएका गुनासा तथा उजुरी महत्वका साथ हेरेर त्यसको छिनोफानो गरिने गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here