गोरखाको अजिरकोटमा स्कुल सेक्टर रिफर्म प्रोग्राम लागु

सोमवार, कार्तिक १९, २०८१
0
163
अजिरकाेट गाउँपालिका अध्यक्ष दिपक देवकाेटा । तस्वीर राजेन्द्र न्याैपाने

राजेन्द्र न्यौपाने
१९ कार्तिक, गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा स्कुल सेक्टर रिफर्म प्रोग्राम लागु भएको छ । सरकारी विद्यालयमा पढाउने शिक्षक, स्थानीय शिक्षाको सुधार गर्न नीति बनाउने जनप्रतिनिधि, नीति लागु गर्न क्षेत्रमा खटिने कर्मचारी आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउन तयार नभएपछि स्कुल सेक्टर रिफर्म प्रोग्राम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताउनुभयो ।
पालिका अध्यक्ष देवकोटाले भन्नुभयो, ‘अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई जिम्मेवार बनाई सुधार गर्नका लागि विद्यालय सुधार गर्न बालकक्षा देखि तीन कक्षा सम्म शैक्षिक सामग्री सहित अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न थालेका छौँ, दरबन्दी नभएका विद्यालयमा दरबन्दी कायम गरेका छौँ, स्थानीय सरकारको अधिकार क्षेत्र भित्र रहेको माध्यमिक तहसम्मको शिक्षा सुधार गर्ने जिम्मा पाएको हुनाले सम्भावना भएका सबै प्रयासहरु गरेका छौं ।’

शिक्षामा गरेको लगानीको प्रतिफल आउन ढिला हुने देवकोटाको भनाई छ । अजिरकोटका नागरिकहरु विश्व स्तरका शैक्षिक जगतमा प्रतिस्पर्धा गर्न योग्य हुने गरी जनशक्ति तयार गर्ने देवकोटाले बताउनुभयो ।

अडियाे उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here