अभिषेक तामाङ
गाेरखा । आज भएकाे उप निर्वाचनमा गाेरखा नगरपालिका वडा नम्बर ५ काे निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णु राना मगर ४८६ मत सहितअग्र स्थानमा रहेका छन् ।
उनका निकट्तम प्रतिष्पर्धी नेपाली काँग्रेसका भाइकाजी आलेले ४०२ मत प्राप्त गरेका छन् । कुल २२२५ मतदाता रहेकामा १३७३ मत खसेकाे थियाे ।
नेकपा एमालेका उम्मेदवार दुर्गा माया रानाले ३३५ मत, स्वतन्त्र ८२ मत, भाले ९ मत, डाक्टर बाबुराम भट्टराइकाे पार्टीकाे चुनाव चिन्ह अाँखा १७ माैरी ४ र बदर मत १८ रहेकाे छ ।






