आरुघाट गाउँपालिका वडा नम्बर १ स्याम्चेतमा आगलागि हुँदा तीन घर जले

शनिबार, पुस २०, २०८१
0
239
साँकेतिक तस्वीर

राजेन्द्र न्याैपाने , २० पुस, गाेरखा । जिल्लाकाे आरुघाट गाउँपालिका वडा नम्बर १ स्थित स्याम्चेतमा आज राती आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएकाे वडा अध्यक्ष गजे घलेले जानकारी दिनुभयाे ।

पालिकाकाे काम परेर आफू तल झरेकाे र गाउँ जाँदै गरेकाे घलेले बताउनुभयाे । मानवीय क्षती भएकाे छन् । घर भित्र भएका धनसम्पती, अन्न र पशु चाैपाया क्षति पुगेकाे छ । आगाे स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका छन् ।

घटना स्थलमा गृहमन्त्री रमेश लेखक मार्फत नाइट भिजन पठाउने तयारी त्यस क्षेत्रका साँसद राजेन्द्र वजगाइँले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here