अभिषेक तामाङ
३ माघ, गाेरखा । आज बिहान ९:४० बजेको समयमा जिल्ला गोरखा, गोरखा न.पा. वडा नं.६ काँडे झ्याङ्ग स्थित बारीको पाटोमा साेहि स्थान बस्ने वर्ष ८५ को तोप बहादुर पाठक घाईते अवस्थामा फेला पारि उपचारका क्रममा मृत्यु भएको छ ।
पाठक घाँटी, टाउको र खुट्टामा धारिलो हतियारको जस्तो देखिने चोट लागि घाईते अवस्थामा फेला परेका थिए ।
उपचारको क्रममा बिहान १०:३० बजेको समयमा पाठककाे मृत्यु भएको हाे । सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको,घटनास्थलबाट धारिलो हतियार खुकुरी थान-१ (एक) र ऊनीको टोपी थान-१(एक) फेला परेको, उक्त खुकुरी र टोपी प्रहरीले बरामद गरी लगेको, घटनास्थलमा खटिई गएको टोलीले मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी उक्त घटनाको प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको गाेरखा प्रहरीले जनाएकाे ।






