द्रव्यशाह क्याम्पसकाे ४०औ बार्षिक साधारण सभा तथा अभिभावक दिवस समारोह सम्पन्न

बुधबार, माघ १६, २०८१
0
191

अभिषेक तामाङ

गाेरखा । द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजार गोरखाको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०८१ त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा.केदार प्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री शित्तलकाजी मास्केकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्याम्पस संस्थापक सदस्यहरु शिव प्रसाद अर्याल, बाबुराम अर्याल, पुरुषोत्तम अर्याल, बद्रीबहादुर मास्के, गोवर्धन आचार्य, ऋषिरमण खनाल, निर्मल जोशी, धिरज बहादुर मास्के र चुडामणी शर्मा कट्टेल सम्मानित हुनुभएको थियो । संस्थापकहरु स्व.मोहननाराय श्रेष्ठ, स्व.जगतबहादुर रोका, स्व.शम्भुबाबु मरहट्टा, स्व.माधव मरहट्टा र स्व.नारायण पाण्डे मरोणपर्यान्त सम्मानित हुनुभएको थियो । सोही अवसरमा सञ्चालक समितिका पूर्व सदस्य श्री बुद्धि बहादुर कुँवर सम्मानित हुनुभएको थियो भने पूर्व कोषाध्यक्ष स्व.अमृत बहादुर कुँवर मरोणपर्यात सम्मानित हुनुभएको थियो ।

त्यसै गरी जग्गादाता श्री महालक्ष्मी माध्यमिक विद्यालय, लक्ष्मीबजार, स्व.मोहननाराय श्रेष्ठको छोरा श्री मनोज श्रेष्ठ, गोनपा लक्ष्मीबजार निवासी श्री कृष्ण बहादुर कुँवर र गोनपा ६ निवासी श्री लिकुलबाबु श्रेष्ठ साथै श्री शक्ति माध्यमिक विद्यालय, पाटेचौर पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा क्याम्पसमा २५ बर्ष भन्दा लामो समय कार्य गर्नुहुने सह प्राध्यापक श्री रामचन्द्र दुवाडी, उप प्रशासक श्री सुजन कुँवर र कार्यालय सहयोगी श्री विष्णु प्रसाद कट्टेल दिर्घ सेवा पदकबाट सम्मानित हुनुभएको थियो ।

कार्यक्रममा उप प्राध्यापक श्री धर्म जङ थापा, उप प्राध्यापक श्री शरण श्रेष्ठ र सहायक प्राध्यापक श्री सुनील अर्याल दर्शनाचार्य [Mphil] उपाधि हासिल गर्नुभएकोले नगद सहित सम्मान गरिएको थियो ।
सोही अवसरमा संस्थापक क्याम्पस प्रमुख, संस्थापक सदस्य, पूर्व अध्यक्ष एवं जग्गादाता स्व.मोहन नारायण श्रेष्ठ र क्याम्पस विकास अक्षयकोष दाता प्रा.डा.स्व.जेनिस ह्पिलको आधा कद भएको सालिक क्याम्पस परिसरमा अनावरण भएको थियो । साही अवसरमा स्व.मोहननारायण श्रेष्ठका छोरा श्री मनोज श्रेष्ठले क्याम्पस विकासको लागि रु.७ लाख बराबरको क्याम्पस विकास अक्षयकोष खडा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा स्वतन्त्र विद्यार्थी युनियनले नव आगन्तुक विद्यार्थीहरुको स्वागत समेत गरेको थियो । स्नातकोत्तर तह प्रथम सेमेष्टर, स्नातक तह प्रथम बर्ष र कक्षा ११ मा नया भर्ना हुने विद्यार्थीहरुलाई फुलको गुच्छा र खादाले स्वागत गरेको थियो ।

सोही अवसरमा शम्भु मरहट्टा स्मृती प्रतिष्ठानले गोनपा ९ शिखर निवासी बी बी एस प्रथम बर्षमा अध्ययनरत छात्रा सुमिका घर्तीलाई रु.१२,००० छात्रवृत्ति रकम प्रदान गरेको थियो । कार्यक्रममा परीक्षा बर्ष २०८० मा सर्वोकष्ट हुने व्यवस्थापन संकायका मानिषा बस्नेत, मानविकी संकायका मोहसिन अलि मिया र शिक्षाशास्त्र संकायका निशान कुँवरलाई पुरस्कार वितरण गर्नुभएको थियो भने वक्तृत्वकला प्रतियोगिता लगायत अन्य कार्यक्रमको पुरस्कार तथा सम्मान गरिएको थियो । समारोहमा विद्यार्थी संगठनका असिम श्रेष्ठ, सचिन खनाल, अविन श्रेष्ठ, सभापति शौनक घिमिरे, निर्वतमान सभापति प्रविन बस्नेत, नेविसंघ जिल्ला अध्यक्ष शिवहरी तिमिल्सिना, प्राध्यापक संघ अध्यक्ष श्री कुशललाल श्रेष्ठ, गोरखा क्याम्पस क्याम्पस प्रमुख श्री नवराज पाण्डे, संस्थापक श्री बद्रि बहादुर मास्के, राप्रपा नेपालका अध्यक्ष कुल बहादुर बस्नेत, नेपाल समाजवादी पार्टीका प्रतिनिधी श्री रोहीणी प्रसाद पाण्डे, नेकपा माओवादीका जिल्ला सचिव अकुर तिमिल्सिना, नेकपा एमालेका जिल्ला सचिव श्री काजिराम रोका, नेपाली काग्रेस जिल्ला सचिव किशोरजङ थापा, नगर उप प्रमुख श्री मसलीमाया थोकरले शुभेच्छा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख श्री एकदेव अधिकारीले क्याम्पसको गतिविधीहरु जानकारी गराउनु भएको थियो । सोही कार्यक्रमको उपलक्ष्यमा तथा शहिद दिवसको अवसरमा बेलुकी दिपावली गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरूबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । कार्यक्रम भव्य र सभ्य बनाउन सहयोग पुर्याउनु  सवै पक्षलाई क्या क्याम्पसले  धन्यवाद प्रदान गरेकाे छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here