अभिषेक तामाङ
७ फागुन, गोरखा । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज विहान जिल्ला प्रशासन चोकबाट सुरु भएको प्रभातफेरी र्याली गोरखा स्थित ठूलो आँगनमा पुगेर कोण सभामा परिणत भएको थियो । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख लिलामाया परिवारले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गोरखा जिल्लाका न्यायाधिश शिव बहादुर रानाभाट, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले प्रजातन्त्रको महत्वका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।
आज विहान भएको र्यालीमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय सामाजिक सँघ सँस्थाहरु, सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।

दिवको अवसर पारेर भोलि ८ गते सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति र सबै सरोकारवालाहरुको समन्वयमा रानीवनमा अग्नीरेखा निर्माण तथा पतकर संकलन एवं आगलागी जोखिम न्यूनीकरण सम्बन्धी कार्य गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख थापाले जानकारी दिनुभयो ।






