सकेको राम्रो गर्छु तर, नराम्रो गर्दिनँ : आईजीपी खापुङ

बिहिबार, भदौ १९, २०८२
0
90

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेको राम्रो गर्ने बताएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन ।’

स्वेच्छाले रोजेर प्रहरी बनेको उल्लेख गर्दै खापुङले भने, ‘मेरा सीमितता प्रति जानकार छु तर, राम्रो गर्ने प्रयास गर्नेछु ।’ तेह्रथुमको गाउँबाट निस्किएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको उल्लेख गर्दै खापुङले सकल दर्जाको हितको खातिर काम गर्ने बताए ।

अपराध अनुसन्धानमा गहन चुनौती रहेको आईजीपी खापुङले बताए । उनले भने, ‘एआई, साइबर, क्रिप्टो लगायत ट्रान्सनेशल अपराध नियन्त्रण गर्न हाम्रो क्षमता विस्तार गर्नुपर्ने छ ।’

प्रविधि र साधन स्रोतले सम्पन्न प्रहरी बनाउने समय आएको उनले बताए । उनले भने, ‘निर्विकल्प र निस्शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य हो ।’रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here