महाशिवरात्री पर्वका अवसरमा गोरखामा विभिन्न कार्यक्रम

आइतवार, फाल्गुन ३, २०८२
0
2

३ फागुन, गोरखा । महाशिवरात्री पर्वको अवसर पारेर गोरखाका शिवालय मन्दिरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएका छन् ।

विहानै देखि शिव मन्दिरमा महिला भक्तजनहरुको भीड लागेको छ । गोरखाको बक्रेश्वरी, रामशाहघाट स्थित शिवालय थान, सन्तानेश्वर महादेव मन्दिर, भिमेश्वर मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । मेला भर्नका लागि टाढा टाढाबाट भक्तजनहरु आउने गर्दछन् ।


महाशिवरात्री पर्वका अवसर पारेर गोरखाको बुँकोट स्थित सन्तानेश्वर महादेव मन्दिरमा आज इन्द्रेणीका कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here