गोरखा २३, असार । गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तलाई कोरोना संक्रमण पुष्टी भएको छ । कार्यालयका अन्य कर्मचारीहरुमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका पन्तको आज एन्टिजेन मार्फत परिक्षण गर्दा संक्रमण पुष्टी भएको नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
उनीसगै नगरपालिकामा काम गर्ने लेखाशाखाका १ जना कर्मचारीमा पनि संक्रमण देखिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।






