असार २३,गोरखा । गाेरखा जिल्ला सदरमुकामबाट कार्यक्षेत्र चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ जाँदै बेदकाेट नगरापालिका २ कञ्चनपुर घर भएका प्रहरी मोहनसिँह कुँवर २३ दिनदेखि बेपत्ता भएका गाेरखा प्रहरीले जनाएकाे छ ।
असार १ गते ताताेपानीबाट हिडेका उनी हालसम्म पनि सम्पर्कविहिन भएका हुन । उनी घरविदा पछि सेवामा गएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।
जिल्ला सदरमुकाम गाेरखाबाट सात दिनकाे यात्रा पछि पुग्न सकिने सामागाउँ आज सम्म उनी पुगेका छैनन् । असार १ गते त्यस क्षेत्रमा ठूलाे पानी समेत परेकाे थियाे । विगत ११ वर्षअघि प्रहरी सेवामा भर्ना भई कार्यरत कुँबर चैत महिना देखि प्रहरी चौकी सामागाउँमा सेवा गर्दै आएका थियाे ।
उनको खोजीका साथै अनुसन्धान भइरहेकाे गाेरखा प्रहरीका प्रमुख शेखर खनालले बताए ।






