आर्थिक वर्षकाे सुरु दिन देखिनै ट्राफिक प्रहरी सक्रिय,इन्द्रका बाबु चन्द्र आएपनि कसैलाइ नछाड्ने अडान

शुक्रबार, साउन १, २०७८
0
356

साउन १, गाेरखा । जिल्ला  ट्राफिक कार्यालय गाेरखाले सवारी नियम उल्लंघन गर्ने सवारी साधनमा ह्विल लक लगाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले बिहिबारदेखि सवारी नियम उल्लघंन गर्ने ७ वटा सवारीलाई ट्राफिक प्रहरीले जिल्लामै पहिलो पटक ‘ह्विल लक’ कारवाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । आर्थिक वर्षकाे पहिलाे दिन विहानै देखि प्रहरी आक्रामक बनेकाे हाे । अव देखि विल बुक लाइसेन्स नबाेक्ने, जथाभावि पार्कीङ गर्ने र ट्राफिक नियम उलङ्घन गर्नेलाइ इन्द्का बाबु चन्द्र आएपनि नछाड्ने ट्राफिक प्रहरीले बताएका छन् ।

बजार क्षेत्रमा जथाभावी पर्किङ गर्ने २ ओटा कार र ५ मोटरसाइकललाई ट्राफिक प्रहरीले ‘ह्विल लक’ कारवाही गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा परेको ७ वटै सवारीलाई शुक्रबार नै जरिवाना गरेर छोडिएको छ । कारवाहीमा पर्नेहरुमा कार तर्फ ग ३ च २०९ र ग १ ज ७००० नम्बरको भाडावाला र निजी सवारी साधन रहेका छन् ।

त्यस्तै गरी मोटरसाइकल तर्फ बा ८३ प ५७४९, ग १४ प २२२५, ना ३७ प १७३, ग १० प ९३४० र प्रदेश नम्बर ३–०२–०११ प ६४३९ नम्बरको रहेको पनि कार्यालयले जनाएको छ । कारवाही मा परेको ७ वटा सवारी साधानबाट ट्राफिक प्रहरी कार्यालय गोरखाले ४ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको गरेको जनाएको छ । विधिकाे शासन स्थापना स्थापना गर्न पछिल्लाे समय जिल्लामा ट्राफिक प्रहरी सक्रिय रहदै आएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here