तिम्रो यादले टाेक्छ, अँरिङ्गाल बनेर ।।
जहाँ तिमी उतै म पुग्छु सवाल बनेर ।।
अतीत भुल्यौ अनि खुसीले रमायौ हैन ।।
बिडम्बना! म जाेगाईरहेँ पर्खाल बनेर ।।
म शब्द शब्दमा बगिरहन्छु लहरा झै ।।
किनार भेटिन, आउ प्रिय छाल बनेर ।।
आँखामा तिम्रै तस्बिर यसरी बसिदीयाे ।।
डुब्छ हाेला संसार, आँसु ताल बनेर ।।
हजारौं बर्ष बाच्छ हाेला फूलकाे थुँङ्गा ।।
नआउनु मेरी प्रिय तिमी काल बनेर ।।
लोचन ‘फूलको थुँगा’






