साउन ८,काठमाण्डौ । ऊर्जामन्त्री पम्फा भुसालले गोरखा र धादिङको सिमानमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत आयोजनालाई गति दिन सक्रियता बढाएकी छन्। आज मन्त्रालयका सचिव, बूढीगण्डकी आयोजनाका प्रमुखलगायतका अधिकारीसँगको छलफलमा उहाँले आयोजनालाई तत्काल अघि बढाउने गरी काम गर्न निर्देशन दिएकी हुन् ।
उनले सुस्त गतिमा रहेको पुनर्वास र घरगोठको मुआब्जाबारे छिटो निर्णय लिन निर्देशन दिँदै स्थानीयले असन्तुष्टि जनाउँदै आएको ह्रासकट्टीको विषयमा पनि सहजीकरण गर्न निर्देशन दिएकी हुन् । ह्रासकट्टीमा ध्यान नदिइ जनताको पक्षमा निर्णय लिइनुपर्ने उनको जोड थियो । ‘पुनर्बास र घरगोठको मुआब्जाको काम तत्काल अघि बढाउनुस उर्जामन्त्री भुसालले भनिन, ‘रासकट्टी जनतामा जाने रकम हो । यसबारे जनताको चित्तबुझ्ने गरी निर्णय लिइनुपर्छ ।’
यसअघि साम्सद हरिराज अधिकारीको नेतृत्वमा बूढीगण्डकी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि सहितका स्थानीय सरोकारवालाहरुले मन्त्रीलाई भेटेर स्थानीयको माग सम्बोधन गर्दै तत्काल आयोजनाको काम अघि बढाउन आग्रह गरेका थिए । सो क्रममा मन्त्रीले आफूहरुले बूढीगण्डकी आयोजना अघि बढाउन आफू गम्भीर रहेको भन्दै यसबारे पहल गर्ने प्रतिबद्धता अनुसार मन्त्रालयमा छलफल गरेका थिए ।
बूढीगण्डकी जलविद्युत आयोजनाका प्रमुख कृष्ण बहादुर कार्कीले आयोजनाको काम अघि बढाउन आर्थिक रुपमा कुनै समस्या नरहेको भन्दै हाल देखिएका केही कानुनी जटिलता हटाएर कामलाई तिव्रता दिइने बताए । फलफुल र घरगोठको मुआब्जा बितरण लगायताक बिषयमा तत्काल निचोडमा पु¥याउन मन्त्री भुसालले निर्देशन दिएकाे उनकाे भनाइ छ । प्रमुख कार्कीले मन्त्रीको निर्देशनअनुसार तत्काल यससम्बन्धी रोकिएका फाइल प्रक्रियामा लैजाने बताए ।






