साउन २२, साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका २ केरौजाका ३७ बर्षिय काले गुरुङ गाउँ नजिकैको खाम्चे खोलामा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ । उनी बाँदर लखेट्दै जाँदा भीरबाट लडेकाे अनुमान गरिएकाे छ । उत्तरी गाेरखामा लाखु बाँदरले मकै खाइदिने गर्छ ।

हिजो बिहान ८ः०० बजे घरबाट बेशीमा रहेको मकै बारीमा बादर कुर्न गएको र शुक्रबार आज बिहानसम्म पनि परिवारको सम्र्पकमा नआएपछि स्थानिय र प्रहरीको सहयोगमा खोजतालस गर्दा बिहान ९: ३० बजे खाम्चे खोलामा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए । गुरुङ घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई समेत जानकारी गराएको थियो ।
स्थानिय तथा प्रहरीका अनुसार बारीमा बादर आए पछि लखेट्दै जाने क्रममा भिरबाट लडेर १५० मिटर तल रहेको खाम्ते खोलामा खसेको अनुमान गरिएको छ । घरदेखी २ किलो मिटर टाढा रहेको उत्त स्थानमा प्रहरीले स्थानिय संग बुझने काम भई रहेको र घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।






