इ चितवन खबरले मनायो काठमाडौंमा आफ्नो प्रथम बार्षिकोत्सव

शनिबार, साउन २३, २०७८
0
271

चितवन । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोउत्सव  मनाईएकाे छ । सो अवसरमा आज काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो ।
बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिव चेत बहादुर सिंह “राजा”ले लक्की मिडिया हाउसले विभिन्न प्रतिकुलता बीच पनि विभिन्न कार्यक्रम गर्दै आएको बताए । ‘लक्की मिडिया हाउसले कहिले सम्मान कार्यक्रम, कहिले रेडकार्पेट शो, प्रिमियर शो गर्दै आएको छ ,उहांँले भन्नुभयो, कोरोना कहरबीच यस्ता कार्यक्रम गर्नु निकै चुनौति छ ।’ लक्की मिडिया हाउसबाट प्रकाशित विभिन्न संस्करण मध्ये इ चितवन खबर डटकमको प्रथम बार्षिकोत्सवको अवसरमा उनले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

विशिष्ट अतिथि चर्चित कलाकार बुद्धि तामाङ्गले लक्की मिडिया हाउसले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए । कोरोना कहरमा सबैभन्दा बढी मर्कामा कलाकारिता र सिनेमा क्षेत्र भएको बताउंँदै उहांँले यसलाई माथि उकास्न मिडियाको भूमिका नै महत्वपूर्ण हुने उनकाे भनाइ थियाे ।
सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष एवं लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले कोरोनाका कारण मिडिया क्षेत्र पनि अछुतो नरहेको भन्दै यस विषम परिस्थितिमा पनि नियमित कार्यक्रमलाई मिडिया हाउसले निरन्तरता दिदै आएको बताएका थिए । ‘हामीले चाहे बार्षिकोत्सव होस, चाहे क्यालेण्डर बिमोचन होस, या भनौं श्रष्टा सम्मानका बिषय हुन्, हामी कहिल्यै चुकेका छैनौं । छुटेका छैनौं , ’उनले भने। विभिन्न क्षेत्रका व्यत्तित्व, शुभेच्छुक, विज्ञापनदाता लगायतको सहयोग, प्रेरणा र उर्जाबाट नै मिडिया हाउस यो स्थानमा आउन सफल भएको कार्कीको भनाई थियो ।
कार्यक्रममा अतिथि नेपाली चलचित्रकी चर्चित नायिका रेबिका गुरुङ्ग, चलचित्रका निर्देशक रमेश कोइराला तथा चितवनका युवा उद्यमी , समाजसेवी एवं भेटघाट रेष्टुरेण्टका सञ्चालक महेश तिवारी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here