साउन ३०, गाेरखा । नेकपा माओबादी केन्द्र गोरखा नगरपालिकाका सवै वडामा वडा पार्टी पुर्नगठन सम्पन्न भएको छ । साउन महिनामा भित्रमा देशभरका सवै वडा कमिटिहरु पुर्न गठन गर्न केन्द्रले निर्देशन दिएपछि जिल्लामा भित्र पनि वडा पार्टी पुर्नगठनको कामलाई माओबादी केन्द्रले तिव्रता दिएको छ । जस अन्तर्गत गोरखा नगरपालिका भित्रका सवै वडामा पार्टी कमिटि पुर्नगठनको काम नगर कमिटिका सचिव कृष्ण रानामगरले जानकारी दिए ।
वडा नम्बर १ को वडापार्टी अध्यक्षमा गोबिन्द भट्टराई सचिवमा नेत्रप्रसाद भट्ट, वडा नम्बर २ को अध्यक्षमा राजु रोका सचिवमा ज्ञानेन्द्र थापा मगर, वडा नम्बर ३ मा राजु थापा सचिवमा अर्जुन बि.क चयन भएका छन् ।
त्यस्तै वडा नम्बर ४ को अध्यक्षमा रामबहादुर थापा, सचिवमा अर्जुन प्रताप राणा, वडा नम्बर ५ को अध्यक्षमा साबित्री थापा सचिवमा रामबहादुर राना, वडा नम्बर ६ को अध्यक्षमा भरत श्रेष्ठ, सचिवमा भक्तराम राना, वडा नम्बर ७ को पार्टी अध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ सचिवमा भरत राना, वडा नम्बर ८ को अध्यक्षमा लालप्रसाद श्रेष्ठ, सचिवमा दण्डपाणी खत्री चयन छनाैट भएका छन् ।
पार्टीको वडा नम्बर ९को अध्यक्षमा मिना काप्री र सचिवमा रामकुमा फेवाली, वडा नम्बर १० को अध्यक्षमा बुद्धदोङ लामा, सचिवमा राजेश्वर खनाल, वडा नम्बर ११ को अध्यक्ष रामबहादुर खड्का , सचिवमा कृष्ण रेग्मी, वडा नम्बर १२ को अध्यक्षमा राधिका कुमाल, सचिवमा हिराबहादुर अक्षामी, वडा नम्बर १३ को पार्टी अध्यक्षमा हरि खनाल, सचिवमा शम्भुप्रसाद अधिकारी र वडा नम्बर १४ को वडा पार्टी अध्यक्षमा गोपालबहादुर थापा, सचिवमा राजेन्द्र बाबु पन्थ चयन भएका हुन् ।
भेला सम्पन्न गर्न वडा नम्बर १,२, ४, ५, ६, ७, ८ र ९ मा नगरपार्टी कमिटिका सचिव रानामगर र वडा नम्बर ३ मा माओबादी केन्द्र गण्डकी प्रदेश कमिटिका सदस्य दिलबहादुर सेन्चुरी, वडा नम्बर १०, ११ र १२ मा नेतृ धन तमु र वडा नम्बर १३ र १४ मा नगरपार्टी कमिटिका अध्यक्ष कमला नहर्की पुगेका उनले बताए ।






