अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) गोरखा क्याम्पस अध्यक्षमा सुनार

आइतवार, भदौ २०, २०७८
0
246

गोरखा  .  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) गोरखा क्याम्पसको क्याम्पस समिति सम्मेलन सम्पन्न भएको छ । सम्मलेनबाट क्याम्पस समितिको अध्यक्षमा मिलन सुनार निर्विरोध निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा जीवन सुर्खेती, अर्जुन उपरकोटी, पवन भट्टराई, कल्पना श्रेष्ठ र नारायण ढकाल निर्विरोध चयन भएका छन् ।   सचिवमा सुस्मिता दुवाडी र कोषाध्यक्षमा किरण बाबु श्रेष्ठ रहेका छन्  । सम्मेलनबाट ५५ जनाको सदस्य रहने गरी क्याम्पस कमिटी गठन गरेको अखिल क्रान्तिकारी गोरखा क्याम्पसका उपाध्यक्ष जीवन सुखेर्तीले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गोरखा जिल्ला अध्यक्ष तथा पुर्व मन्त्रि लेखवहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी (नेकपा) माओवादी केन्द्र गोरखा जिल्लाका सचिवालय सदस्य अंकुर तिमील्सिना (आयाम) ,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा गोरखा जिल्लाका ईन्चार्ज आर.के भट्ट, अखिल क्रान्तिकारी गोरखा जिल्लाका संयोजक विष्णु पाण्डे, जिल्ला सह–संयोकहरु सुलभ अंगाई, सरोज बल्लव भट्टराईले मन्तव्य र अखिल क्रान्तिकारी गोरखा जिल्लाका कार्यालय सदस्य सन्दिप सुनारले शुभकामना मन्तव्य राख्नु राखेका अर्जुन उपरकाेटीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here