जलेर घाइते भएकी गर्वी गुरुङलाइ हेलिकप्टरबाट काठमाण्डाै लगियाे

मङ्लबार, असाेज ५, २०७८
0
303
घाइतेको उद्धार गर्दै धावा ग्याल्जेन लामा

गोरखा  । जिल्लाकाे धार्चे गाउँपालिका वडा नम्बर २ रुन्चेतमा भएको आगलागीमा परी घाईते भएकी  महिलालाइ आगाेले पाेलेकाे आज पाँच दिन हुँदा समेत प्राथमिक उपचार समेत हुन नसकेकाे अवस्थामा   धावा ग्याल्जेन लामा र सागर गुरुङले घाइतेको उद्धार गरी उपचारको लागि काठमाण्डाै लिएर गएका छन् ।

गोरखा छेकम्पार घर भई काठमाडौँमा व्यवसाय गरिरहेका धावा ग्याल्जेन लामा र लाप्राकका सागर गुरुङको समन्वयमा मंगलबार बिहान घरमै पुगेर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगिएकाे हाे ।

  धार्चे गाउँपालिका २ को रुन्चेतमा असोज १ गते राती गोठमा आगलागी हुदा गर्बी गुरुङ गंभिर घाईते  भएकी थिइन ।

गोठमा सुत्ने क्रममा रातको समयमा अचानक आगलाी भएपछि गोठमा रहेको १३ वटा बाख्रा पनि आगोमा जलेर मरेका थिए । ४५ वर्षकी गर्वी गुरुङको आर्थिक अवस्थामा नाजुक भएका कारण उनकाे परिवारले सदरमुकाम सम्म ल्याएर उपचार गराउन नसकेको  स्थानीयले जानकारी दिएका छन् । प्रकाेपका बारेमा जानकारी गराउँदा गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले आफ्नाे पार्टी नेपाली काँग्रेसमा भाेट नदिएकाे मानिसलाइ उद्धार गर्न नसकिने बचन दिएकाे उनले बताए । पालिका अध्यक्ष गुरुङसँग यसबारेमा जानकारी लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

गोठमा सुतिरहेका बेला अचानक भएको आगलागीबाट शरीरभरी अनुहार र शरिरको विभिन्न भागमा पोलेको छिमेकीकाे भनाइ छ ।   पिडितलाई उपचार गराउन हेलिकप्टर मार्फत लैजानु पर्ने र परिवारको आर्थिक अवस्थामा कमेजोर भएकै कारण हेलीकप्टर चार्टर गर्न नसकिएको पिडित परिवारजनले जानकारी दिएका थिए। आगलागी भएको थाहा पाए लगत्तै छिमेकी गोठमा बास बसेका मानिसहरुले उनको उद्धार गरेका थिए ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here