मुग्लिन । पृथ्वी राजमार्गमा घोप्टे भिर भन्ने स्थानमा पहिरो गई दुबै तर्फ बाटो अवरुद्ध भएकाे छ । गएराति १२ बजे गएकाे पहिराे विहानदेखि हटाउने कार्य भइरहेकाे मुग्लिन प्रहरीले जनाएकाे छ । पहिराे पञ्छाउन अझै तिन घण्टा लाग्ने प्रहरीकाे भनाइ छ ।
चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित नाग्दी खाेला नजिक रहेकाे भीरबाट पहिराे सडकमा खसेकाे हाे ।






