पोखरा । नेपाली कांग्रेसका प्रदेश सांसद डोबाटे विश्वकर्मालाई मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विना विभागिय मन्त्रीकाे सपथ ग्रहण गराएका छन् । दुइ दिन सम्म पाेखरा बसेका प्रधानमन्त्री देउवाले मुख्य मन्त्री पाेखरेलाइ तत्काल मन्त्री बनाउन निर्देशन दिएका थिए । तनहुँका कृष्ण कुमार श्रेष्ठ सँघमा मन्त्री बनेपछि तनहुँबाटै डाेबाटे प्रदेश मन्त्री भएका हुन् । बनाउने भएका छन् । यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग मुख्यमन्त्रीसँग सहमति लिइसकेका छन् ।
कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । डाेवाटेले सपथ लिएसँगै मन्त्रीकाे सँख्या १२ पुगेकाे छ ।





