गाेरखा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आज दिउँसो जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको जीप दिउसो २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीपमा चालक सहित १० जना यात्रु सवार रहेकामा आठ जनाको घटनास्थलमै मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
दुर्घटनामा परी जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १२ स्याउलीबजार निवासी विनय पन्तकाे निधन भएकाे प्रहरीले बताएकाे छ । मृतकहरुकाे शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पाेखरामा राखिएकाे छ ।





