तनहुँ । नेपाल शिक्षक सँघ तनहुँका सचिव एवम् बालमन्दिर माविका शिक्षक पदम खनाल महिला शिक्षककाे सरुवा मिलाइदिने भन्दै सरुवाका लागि याैन प्रस्ताव माग गरेका छन् ।
‘हजुर र म भोली सेक्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध यौनहिंसाको उजुरी परेको छ । ‘भोली सेक्स गर्नी है’ भन्दै यौन प्रस्ताव राख्ने यौन पिपासु शिक्षक नेता अब भने कानुनी दायरामा आउने भएका छन् । यौन प्रस्ताव राख्ने शिक्षक नेताविरुद्ध यौन हिंसाको उजुरी परेसँगै उनको ‘भोली सेक्स गर्ने’ सेक्स-व्रतपनि तुसारापात भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाई दिने आश्वासन दिएर यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध शुक्रबार पिडित शिक्षिकाले केन्द्रिय साइबर व्युरोमा यौनहिंसा सम्बन्धि उजुरी दिएकीछन् ।
खनालले सरुवा मिलाईदिन्छु भनेर ‘हजुर र म भोली सेक्स गर्नी है’ लेखेको म्यासेज सार्वजनिक भएपछि विगतमा आर्थिक चलखेल तथा अनैतिक यौन क्रियाकलापका आधारमा शिक्षक सरुवा हुने गरेको तथ्य समेत पुष्टि भएको छ ।
शैक्षिक क्षेत्रमा प्रक्रियागत रुपमा हुने सरुवा तथा नियुक्तिमा यसरी दलालहरु हाबी भएको स्पष्ट भएपछि शिक्षा क्षेत्रसँग जोडिएका व्यक्तिहरुले विरोध गरिरहेका छन् । विधि र विधान विपरित दलालहरु हाबी भएपछि आम शिक्षकहरु चिन्तित र आक्रोशित भएका छन् ।
रत्न माबी तनहुँका प्रधानाध्यापक रमेश भट्टराईले दलालहरुलाई लक्षित गर्दै लेखेका छन्, ‘शिक्षकको नेतृत्व गर्छु भन्ने भ्रष्टाचारमा डुबेको कुरा बाहिर संचार माध्यमबाट स्पष्ट आएको छ र स्वयम् शिक्षा इकाइ प्रमुखले जानकारी गराउनु भएको छ । पत्रकार र इकाइ प्रमुख गलत बोलेका भए साबित गरेर कार्बाही गर नत्र सत्ताको आडमा नवराजालाई भ्रष्टाचारको सोमरस पिलाउने गरी कुनै छुट छैन ।’
यसअघि शिक्षक सरुवा तथा नियुक्त गर्न दलाली गर्ने दलालहरुले महिला शिक्षकलाई सरुवा तथा नियुक्ती प्रक्रिया मिलाई दिन्छु भनेर फेसबुक च्याट मार्फत यौन प्रस्ताव समेत राख्ने गरेको सुचना नेपाल आज अनलाइनलाई प्राप्त भएको थियो।
त्यसैगरि महिला शिक्षकलाइ सरुवा मिलाइ दिन्छु भन्दै सामाजिक संजालमा यौन प्रस्थाव राख्ने गरेको भेटिएको छ। शिक्षक नेता नै सामाजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाई दिने आश्वासन दिएर यौन प्रस्ताव राख्ने गरेको भेटिएको हो।
नेपाल शिक्षक सँघ तनहुँका पदाधिकारीहरु पछिल्लाे समय सत्ताकाे उन्मातमा अश्लिल क्रियाकलापमा उत्रन थालेपछि विद्यालयमा महिला शिक्षकहरुले आफूलाइ असुरक्षित महसुस गर्न थालेका छन् । शिक्षक सँघले भने प्रयाप्त प्रमाणहरु जुटेपनि आराेपि शिक्षककाे विज्ञप्ति मार्फत बचाउ गर्दै आएकाे छ ।






