शिक्षामन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता, शिक्षामा थप सहकार्य गर्न इच्छुक

शुक्रबार, कार्तिक १२, २०७८
0
115

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा विद्यालय शैक्षिक एवम् प्राविधिक शिक्षा सुधारको विषयमा छलफल भएको हो ।

भेटवार्ताको क्रममा मन्त्री पौडेलले दिपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएकोले युरोपियन युनियबाट नेपालमा विकासका विविध क्षेत्रमा निरन्तर सहयोग हुँदै आएको बताउँदै थप सहयोगका लागि आग्रह गरे ।

संवैधानिक र कानुनी प्रबन्ध, नेपाल पक्ष भई गरिएका सन्धि, सम्झौता, प्रतिबद्धता र तर्जुमा भएका योजनाका लक्ष्य प्राप्तिका लागि संघीयताको मर्म अनुरुप हुने गरी नयाँ शिक्षा कानुन निर्माण र विद्यमान संस्थागत पुनःसंरचनाका कार्यमा मन्त्रालय लागेको मन्त्री पौडेलले जानकारी गराएका थिए ।

वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा विकास गरी साझेदारसँग सहकार्य गरि अघि बढ्न चाहेको मन्त्रीको भनाइ थियो । ‘शिक्षामा समता र समावेशितासहितको अनिवार्य तथा निःशुल्क शिक्षाको पहुच र गुणस्तर सुनिश्चिता प्रदान र प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गर्नमा युरोपियन युनियन सरकारलाई थप सहयोग गर्न आग्रह गर्दछु’ मन्त्री पौडेलले भने ।

राजदूत नोना डिप्रेजले शैक्षिक एवम् प्राविधिक शिक्षा सुधारमा आफूहरुले थप काम गर्न चाहेको बताउनुभयो ।
शिक्षा क्षेत्रसँगै खाद्यन्न सहयोगका लागि नेपालसँग सहकार्य गर्न आफूहरु लालायित भएको उनकाे भनाइ थियाे  । उनले भनिन ,‘महत्वपूणर् कुरा शिक्षामा समावेशिता र समता हुनुपर्छ,’ विद्यार्थी विद्यालय बाहिर रहँदा देशलाई घाटा हुन्छ ।’
कणर्ली तथा सुदूरपश्चिमका विद्यालयहरु अवलोकन गरेको बताउँदै राजदूतले शिक्षामन्त्रालयले विद्यालयको भौतिक एवम् शैक्षिक सुधारमा ध्यान दिनुपर्ने बताइन । युरोपियन युनियनले नेपालको शिक्षा क्षेत्रमा वर्षेनी सहयोग गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here