बक्राङका किसानकाे केरा खेतीमा क्षेति

शुक्रबार, कार्तिक १२, २०७८
0
290

केराखेती नष्ट भएपछि शहीदलखन गाउँपालिका वडा नम्बर १ बक्राङका किसान रघुनाथ अर्याल निराश भएका छन् । दुईवर्ष अघिदेखि केरा खेती गर्दै आएका उनले लुदीखोला नजिक रहेकाे टारमा रहेकाे तीन रोपनी जग्गामा लगाइएको केराखेती नष्ट भएपछि उनी निराश भएका हुन् ।

असोज ३१ गतेको हावाहुरीले काट्ने बेला भएको एकसय ३० घरी केरा लडेको उनले बताए । ‘मलाई एकलाख ५० हजार भन्दा बढी बराबरको क्षति भयो’ किसान अर्यालले भने ।

उनी आफ्नो क्षति बारे जानकारी गराउन र सहयोगको याचना गर्न कृषि ज्ञान केन्द्रमा पुगेका छन् । ‘वडा, पालिका, ज्ञान केन्द्रमा जानकारी गराएको छु, तर कहिँ कतैबाट सहयोग पाएको छैन’ उनले भने । वडा अध्यक्ष ज्यूले पार्टी प्रवेश गर्ने भए राहतका लागि सिफारिस गर्ने बचन दिएकाे उनले बताए । वडा अध्यक्ष नेकपा एमाले पार्टीका पूर्व प्रहरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here