मुस्ताङमा हिउँ पहिराे, नागरिकहरुकाे भागाभाग

आइतवार, कार्तिक २८, २०७८
0
222

मुस्ताङ । मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान टुकुचे पिक हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए। मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको प्रजिअ शर्माले बताए। उनका अनुसार स्थानीयबासीको चरन क्षेत्र भएकोले जनावरलाई भने असर परेको छ। हिमपहिरो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। हिमपहिरोले मानवीय त्रास बढेको छ। अहिलेसम्मकै ठूलो हिमपहिरो भएको उनले बताए।

हिमपहिरोको छर्रा र हावाको त्रासले स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थीको भागभाग भएको शिक्षक प्रकाश सुवेदीले बताए। उनका अनुसार भागाभागको क्रममा लडेर ६ जना विद्यार्थी घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि सदरमुकाम जोमसोम झार्ने तयारी भएको छ। ‘हिमपहिरोबाट निस्केको हावाको बेग र छर्राले गर्दा विद्यार्थी डराएका हुन्,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here