जय मधेश । मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा आइतबार फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
जनयुद्धका अवसरमा मधेश प्रदेशका सबै जिल्लामा बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।
मन्त्री साहका अनुसार जनयुद्धमा सहिद तथा ज्यान गुमाएकाका परिवारलाई तीन लाखका दरले अनुदान दिने निर्णय समेत सरकारले गरेको छ । फागुन १ गते २७ अाैँ जनयुद्ध दिवस देशभरी मनाउने माअाेवादीले जनाएकाे छ ।






