वैशाख २८,गाेरखा । जिल्ला प्रशासन कार्यालय गोरखा दुई दिन बन्द हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि कार्यालयका कर्मचारी मतदान केन्द्रमा परिचालन भएकाले बैशाख २८ र २९ गते प्रशासनबाट दिईने अत्याबश्यक बाहेकका सेवा बन्द रहने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार उक्त दुई दिन नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, सिफारीस सम्बन्धी सेवा बन्द रहने छ ।
प्रशासनको नियमित सेवा जेठ ३ गतेबाट मात्रै सञ्चालनमा आउने भएको छ । ३० गते स्थानीय तहको चुनावका कारण सरकारले सार्वजनिक बिदा दिएको छ । यस्तै ३१ गते शनिवार र १ गते आइतबार सरकारको नयाँ नियम अनुसार सार्वजनिक बिदा छ भने जेठ २ गते बुद्धजयन्तीको दिन पनि सार्वजनिक बिदा छ।





