राजेन्द्र न्याैपाने
गाेरखा । धार्चे गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहनुभएका लक्ष्मण गुरुङ अध्यक्ष पदमा विजयी हुनुभएकाे छ । उहाँले प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्त बहादुर गुरुङलाइ १८०६ मतले पछि पार्दै विजयी भएका हुन । विजयी गूरुङले ३७७१ र प्रतिस्पर्धि गुरुङले १९४५ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सुनिला गुरुङ ३७८२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी फूलमाया गुरुङले १९७६ मत प्राप्त गरेकी छन् उपाध्यक्षकाे मतान्तर १८०६ रहेकाे छ ।

यसै गरी धार्चे गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार राकेश गुरुङ विजयी भएका छन । उनले ६१० मत प्राप्त गरेका छन् । गुरुङ सहित प्यानल नै विजयी भएकाे हाे ।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उत्तरमान गुरुङले ३९७ मत प्राप्त गरेका छ न। सात वटा वडा रहेकाे धार्चेमा माओवादी केन्द्रले १,२,४,५ र ७ मा जित हासिल गरेकाे छ । वडा नम्बर ३ र ६ मा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।






