गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १३ काे वडा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएकी मित्र कुमारी परियार निर्वाचित भएकी छन् । उनले ६३२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिष्पर्धी हरि बहादुर खनालले ६२८ मत प्राप्त गरेकी छन् ।
निर्वाचित अध्यक्ष परियारले आफूले यस अघि पनि समाजमा रहेर काम गरेकाे र अव पनि सत्तामा रहेर सबै नागरिकहरुलाइ समान व्यवहार गरी सेवा गर्ने बताइन । दलित महिला वडा अध्यक्षमा निर्वाचित हुन पाउँदा निक्कै खुशी लागेकाे उनले बताइन । आफूलाइ विश्वास गरेर टिकट दिने पार्टी नेपाली काँग्रेसलाइ धन्यवाद दिन्छु, उनले भनिन ।
गण्डकी प्रदेशमा वडा अध्यक्ष पदमा दलित महिला निर्वाचित हुने उनी नै पहिलाे भएकाे आफूलाइ जानकारीमा आएकाे गण्डकी प्रदेश निर्वाचन आयाेगका प्रमुख हुमनाथ अधिकारीले बताए । यसैगरी जनता समाजवादी पार्टीका रामभक्त खनालले ३९२ मत प्राप्त गरेका छन् ।






