गाेरखा । जिल्लामा रहेका दुइ वटा नगरपालिका र ९ वटा गाउँपालिकाकाे मत परीणाम सार्वजनिक भएकाे छ । सार्वजनिक भएका पालिकाहरुमा दुइ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । दुइ वटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।
जिल्लामा भएका कुल ९४ वटा वडामा ४३ वडा माओवादी केन्द्र, ३७ वडा नेपाली काँग्रेस, १० वडा नेकपा एमाले, ३ वडा जनता समाजवादी पार्टी र १ वडा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।






